0

एन आई सी एशिया बैंक प्रस्तुत गर्दछ, NIC ASIA ‘FactFul Friday’ योजना । 

यस योजनामा सहभागी भई यहाँहरूले आफुसँग भएको समसामायिक जानकारी र ज्ञानको आधारमा मोबाइल रिचार्ज जित्न सक्नुहुनेछ । 

यस योजना अन्तर्गत हरेक साताको शुक्रबार एन आई सी एशिया बैंकको Viber Community मा प्रश्न सोधिनेछ । उक्त प्रश्नको सहि उत्तर दिने तपाईहरु मध्येबाट हरेक साता ४ जनालाई गोलाप्रथा मार्फत विजेता छनौट गरी रु. ५०० (अक्षरुपी रु पाँच सय) को मोबाइल रिचार्ज पुरस्कार स्वरुप प्रदान गरिने छ । यो योजना २०७७, माघ १६ देखि २०७८, बैशाख ९ गतेसम्म संचालन हुनेछ भने विजेता हरेक हप्ता छनौट गरिनेछ ।
आजै एन आई सी एशिया बैंकको Viber Community मा  सहभागी हुनुहोस् |

यस योजनाका नियम वा शर्तहरुः
१.  यो योजना २०७७, माघ १६ देखि २०७८,
बैशाख ९ गतेसम्म संचालन हुनेछ ।
२.  योजना संचालन अवधिभर हरेक साताको शुक्रबार प्रश्न सोधिने छ ।
३.  सहि उत्तर दिने सहभागीलाई मात्रै विजेता छनौट प्रकृया सहभागी गराइनेछ ।
४.  अनिवार्य रुपमा एन आई सी एशिया Viber Community मा जोडिएका सहभागीहरु मात्रै विजेता छनौटका लागि योग्य मानिनेछ ।
५.  विजेता अनलाइनमार्फत गोला प्रथाबाट पारदर्शी रुपमा छनौट गरिनेछ ।
६.  हरेक हप्ता ४ जना विजेता छनौट गरिनेछ ।
७.  विजेताले जित्नुभएको पुरस्कार अन्य व्यक्तिलाई हस्तान्तरण गरिने छैन ।
८.  विजेताले आफू अनुकुल पुरस्कार माग गर्न पाउनुहुने छैन र आशिंक वा पूर्ण रुपमा अन्य वैकल्पिक पुरस्कार पनि दिइने छैन ।
९.  नेपालमा बस्ने नेपाली नागरिकले मात्रै यस योजनामा सहभागिता जनाउन सक्नुहुनेछ र यसअघिका योजनाहरुमा अनैतिक गतिविधी गर्ने सहभागीलाई यस योजनामा विजेता बनाइने छैन ।
१०.  एन आई सी एशिया बैंकमा कार्यरत कर्मचारीलाई भने विजेता बनाइने छैन ।
११.  विजेता छनौट पश्चात विजेता घोषणा गर्दा सहभागीहरुको फोटो प्रयोग गर्न बैंक स्वतन्त्र रहनेछ ।
१२.  योजनामा कुनै विवाद उत्पन्न भएमा विना सूचना अन्तिम निर्णयको अधिकार एन आई सी एशिया बैंक स्वयमसँग रहनेछ ।
१३. विजेता घोषणा भएको ७ दिन भित्र विजेताले बैंकमा सम्पर्क गर्नुपर्ने छ, अन्यथा पुरस्कारमा दाबी गर्न पाइने छैन । 

Share in