0

एन आई सी एशिया बैंक प्रस्तुत गर्दछ, ‘Know Your Knowledge योजना। 

यस योजनामा सहभागी भई अब तपाईसँग भएको जानकारी र ज्ञानको आधारमा हरेक दिन   ४ जना ले रु ५०० को मोबाईल रिचार्ज साथै हरेक हप्ता १ जना ले Smart Watch जित्न सक्नुहुनेछ। Bumper पुरस्कारमा १ जना ले ३०,००० बराबरको Smart Phone जित्न सक्नुहुनेछ।

यस योजना अन्तर्गत हरेक दिन एन आई सी एशिया बैंकको Viber Community मा प्रश्न सोधिने छ । उक्त प्रश्नको सहि  उत्तर दिने तपाईहरु मध्यबाट गोला प्रथा मार्फत विजेता छनौट गरी हरेक दिन   ४ जना ले रु ५०० को मोबाईल रिचार्ज साथै हरेक हप्ता १ जना ले Smart Watch जित्न सक्नुहुनेछ। Bumper उपहारमा १ जना ले ३०,००० बराबरको Smart Phone जित्न सक्नुहुनेछ।
यो योजना २०७८, बैशाख २६ देखि २०७८, जेष्ठ २२ गतेसम्म संचालन हुनेछ। 

यस योजनाका नियम वा शर्तहरुः 
१)  यो योजना २०७८, बैशाख २६ देखि २०७८, जेष्ठ २२ गतेसम्म संचालन हुनेछ।
२)  योजना संचालन अवधिभर हरेक दिन  प्रश्न सोधिने छ ।
३)  सहि उत्तर दिने सहभागीलाई मात्रै विजेता छनौट प्रकृया सहभागी गराइनेछ ।
४)  अनिवार्य रुपमा एन आई सी एशिया Viber Community मा जोडिएका सहभागीहरु मात्रै विजेता छनौटका लागि योग्य मानिनेछ ।
५)  विजेता अनलाइनमार्फत गोला प्रथाबाट पारदर्शी रुपमा छनौट गरिनेछ ।
६)  विजेताले जित्नुभएको पुरस्कार अन्य व्यक्तिलाई हस्तान्तरण गरिने छैन ।
७) विजेताले आफू अनुकुल पुरस्कार माग गर्न पाउनुहुने छैन र आशिंक वा पूर्ण रुपमा अन्य वैकल्पिक पुरस्कार पनि दिइने छैन।
८) नेपालमा बस्ने नेपाली नागरिकले मात्रै यस योजनामा सहभागिता जनाउन सक्नुहुनेछ र यसअघिका योजनाहरुमा अनैतिक गतिविधी गर्ने सहभागीलाई यस योजनामा विजेता बनाइने छैन।
९) विजेता छनौट पश्चात विजेता घोषणा गर्दा सहभागीहरुको फोटो प्रयोग गर्न बैंक स्वतन्त्र रहनेछ ।
१०) योजनामा कुनै विवाद उत्पन्न भएमा विना सूचना अन्तिम निर्णयको अधिकार एन आई सी एशिया बैंक स्वयमसँग रहनेछ ।
११) विजेता घोषणा भएको ७ दिन भित्र विजेताले बैंकमा सम्पर्क गर्नुपर्ने छ, अन्यथा पुरस्कारमा दाबी गर्न पाइने छैन ।
१२) एन आई सी एशिया बैंकमा कार्यरत कर्मचारीलाई भने विजेता बनाइने छैन। 

Share in