0

InstaBuy सुविधा के हो ?

के तपाईंले खरिद गर्नुभएको कुनै पनि सामानको भुक्तानी एकैपटक नगरी मासिक किस्ताबन्दीमा गरी एकैपटक हुने ठूलो खर्चको बोझबाट बच्न चाहानुहुन्छ ?

तपाईंको यस्तै आवश्यकतालाई मध्यनजर गर्दै एन आई सी एशिया बैंक प्रस्तुत गर्दछ, Instabuy सुविधा । यस सुविधा अन्तर्गत तपाईंले कुनै पनि पसलबाट खरिद गर्नुभएको सामानको भुक्तानी क्रेडिट कार्डमार्फत गर्नुपर्ने हुन्छ र त्यसलाई १८ महिनासम्मको मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सक्नुहुनेछ । तपाईंले क्रेडिट कार्डको सिमा भित्र पर्ने मूल्यसम्मको सामान खरिद गर्दा यो मासिक किस्ताबन्दी सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।

विशेषगरी इलेक्ट्रिक सामान, घरायासी सामान, फर्निचर, सुन तथा बहुमुल्य गरगहना आदि केही महंगा बस्तुको खरिदलाई यस Instabuy सुविधाले सहज बनाउनेछ बैंकले विश्वास लिएको छ । तपाईंले कुनै पनि पसलमा गई क्रेडिट कार्डमार्फत भुक्तानी गरिसकेपछि उक्त पसलबाट प्राप्त भएको POS Terminal स्लिपको आधारमा यो सुविधा प्राप्त गर्न सक्नुहुन्छ । आवेदन दिँदा ग्राहक महानुभावहरुले POS Terminal स्लिपमा उल्लेख भएको Approval Code र Terminal ID विवरण उपलब्ध गराउनुपर्नेछ ।

Instabuy सुविधाको आवेदन कसरी दिने ?

Instabuy सुविधाको आवेदन तपाईंले अनलाइनबाटै दिन सक्नुहुन्छ ।

अनलाइन आवेदन दिनका लागि सबैभन्दा पहिले बैंकको बेवसाइट www.nicasiabank.com खोली Homepage को दायाँमाथी रहेको iserve मा ट्याप गरी card services छान्नुहोस् । त्यसपछि Instabuy मा ट्याप गरी फर्म खोल्नुहोस् । फर्ममा तपाईंले e-commerce मार्फत सामान अनलाइन खरिद गर्नुभएको हो वा पसलमा पुगेर खरिद गर्नुभएको हो mode of purchase मा छान्नुहोस् र अन्य विवरणहरु भर्नुहोस् ।

Terms and Condition बक्समा टिक लगाउनुहोस् र Captcha Code राखी submit मा ट्याप गर्नुहोस् ।

अब तपाईंंको बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा आएको OTP कोड टाइप गरी पुनः submit गर्नुहोस् ।

यसरी तपाईंले Instabuy सुविधाको लागि दिनुभएको अनलाइन आवेदन बैंकको सम्बन्धित विभागले हेर्नेछ । तपाईंले यो सेवा NIC ASIA MoBank बाट समेत सहजै प्राप्त गर्न सक्नुहुन्छ । MoBank भित्र रहेको online services मा ट्याप गरी iServe छान्नुहोस् । card services मा ट्याप गरी InstaBuy मा जानुहोस् र बेवसाइटमा देखाए बमोजिम प्रक्रिया अघि बढाउनुहोस् ।

बैंकको शाखा कार्यालयबाट समेत सेवा सुचारु गर्न सकिने

अनलाइन बाहेक ग्राहक महानुभावहरुले सामान खरिद गरिएको पसलबाट प्राप्त स्लिप र बिलको आधारमा आफूलाई नजिक पर्ने एन आई सी एशिया बैंकको शाखा कार्यालयमा गई फर्म भरी सजिलै यस सेवा सुचारु गर्न सक्नुहुनेछ । तर, हामी तपाईंको महत्वपूर्ण समयको बचत र सहजताका लागि अनलाइन आवेदन दिन आह्वान गर्दछौं ।

Online बाट समेत सेवा सुचारु गर्न सकिने

Instabuy का लागि तलको लिंकबाट अनलाइन आवेदन दिनुहोस्स् https://instabuy.nicasiabank.com/insta-pay.

Instabuy सुविधाका विशेषताहरु

  • यो सुविधा एन आई सी एशिया बैंकको क्रेडिट कार्डमा मात्रै उपलब्ध हुन्छ ।
  • न्यूनतम रु ५,००० देखि अधिकतम रु ५००,००० सम्मको कर्जा सुविधा उपलब्ध हुन्छ । वा क्रेडिट कार्डको सिमा बराबरको रकम मात्रै लिन सकिन्छ ।
  • एक पटकमा एउटा सामान खरिदमा मात्रै यो सुविधा प्राप्त गर्न सकिन्छ ।

Instabuy लाई मासिक भुक्तानीमा रुपान्तरण गर्दा (EMI) लाग्ने चार्ज (ग्राहक महानुभावहरलाई मात्र) विवरणः

Instabuy सुविधा प्रयोग गर्दा ग्राहकलाई लाग्ने सेवा सुविधा शुल्क :

EMI Tenure

EMI Handling Fees

3 months

NPR 500 or Flat 2.5% of total amount whichever is higher

6 months

NPR 1,200 or Flat 5% of total amount whichever is higher

9 months

NPR 2,000 or Flat 7.5% of total amount whichever is higher

12 months

NPR 3,500 or Flat 10% of total amount whichever is higher

18 months

NPR 6,000 or Flat 18% of total amount whichever is higher

  • यदि समयमै किस्ता भुक्तानी नगरेमा ग्राहक महानुभावले बैंकको नियम अनुसार जरिवाना तिर्नुपर्नेहुन्छ ।
  • २१ वर्ष देखि ६९ वर्षसम्मका ग्राहक महानुभावहरु मात्रै यस सुविधाका लागि योग्य हुनुहुनेछ ।
  • निःशुल्क प्रशासनिक शुल्क ।
  • ३ महिना देखि १८ महिनासम्म सुविधा उपलब्ध हुन्छ ।

Instabuy सुविधा प्रयोग गर्न के के कागजपत्र आवश्यक पर्छ

१) अनलाइन फर्म वा शाखा कार्यलयमा गई यस सुविधाको फर्म

२) POS Terminalस्लिपमा उल्लेख भएको Approval Code र Terminal ID विवरण

Instabuy सुविधा लिँदा के फाइदा हुन्छ ?

तपाईंले यस Instabuy सुविधा मार्फत निम्नलिखित फाइदा लिन सक्नुहुन्छ ।

  • सानो किस्ता रकम भएको सुलभ कर्जा सुविधा प्राप्त गर्न सकिने
  • यस सुविधाको समयावधी थप घट पनि गर्न सकिने
  • यस सुविधाले गर्दा ग्राहक महानुभावहरुलाई क्रेडिट कार्डको नयाँ अनुभव प्राप्त गर्न सक्नुहुनेछ

Instabuy सुविधा Reject पनि हुन सक्छ

तपाईंले Instabuy सेवाका लागि सम्पूर्ण प्रक्रिया पूरा गरी फर्म बुझाइसकेपछिको बैंकले तपाईंले दिनुभएको आवेदनको अध्यायन गरी Instabuy सुविधा दिने नदिने निर्णय गर्नेछ । यदि Instabuy सुविधा उपलब्ध नहुने अवस्थामा भने बैंकले दिन नसक्नुको कारण खुलाई तपाईंलाई जानकारी गराउँनेछ्र । अब क्रेडिट कार्ड लिनुहोस् र सहज र सुविधायुक्त Instabuy सुविधा प्रयोग गरी आर्थिक बोझ कम गर्नुहोस् ।

Share in