0

NIC ASIA Quiz मा सहभागी भई जित्नुहोस् आकर्षक पुरस्कार

कोरोना भाइरसका कारण सिर्जना भएको विषम अवस्थाका कारण अहिले सम्पूर्ण नेपाली सहित विश्वभरिका मानिसहरुको जनजीवनमा प्रभावीत भएको छ । यस असहज अवस्थाका कारणले घरबाहिर निस्किन नपाउनुभएका महानुभावहरुलाई थोरै स्फूर्ति दिने उद्देश्यले एन आई सी एशिया बैंकले Viber Community मा NIC ASIA Quiz संचालन गर्न गइरहेको छ । डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रही समयअनुकुल ग्राहकमैत्री विशेष योजनाहरूलाई निरन्तरता दिने क्रममा यस पटक यस एन आई सी एशिया बैंकले  आकर्षक पुरस्कारले भरिपूर्ण NIC ASIA Quiz योजना सार्वजनिक गरेको हो । यस बैंकका ग्राहक तथा अन्य महानुभावहरूले बैंकको Viber Community मार्फत सोधिने प्रश्नको सही जवाफ दिइ आकर्षक पुरस्कारहरु जित्न सक्नुहुनेछ । Viber Community मा संचालन हुने यस NIC ASIA Quiz भाद्र २५ गतेदेखि आश्विन १५ गतेसम्म संचालन हुनेछ । त्यसैले यस NIC ASIA Quiz मा सहभागी हुन चाहानुहुने महानुभावहरुले सबैभन्दा पहिले एन आई सी एशिया बैंकको Viber Community मा जोडिनुपर्ने हुन्छ । एन आई सी एशिया बैंकको Viber Community मा जोडिनको लागि सबैभन्दा पहिले Viber मा गई NIC ASIA Bank गर्नुहोस् र Join गर्नुहोस् । त्यसपछि तपाई Viber Community मा सहभागी भई आर्कषक उपहारहरु जित्न सक्नुहुनेछ । Viber Community मा हरेक दुई दिनको अन्तरालमा सोधिने प्रश्नको चार वटा विकल्प दिइनेछ । विकल्पहरु मध्येबाट आफुलाई लागेको सही जवाफ दिनको लागि  Viber Community  दिइएको लिंक क्लिक गर्नुपर्नेछ र आफ्नो सामान्य जानकारी सहित प्रश्नको सही जवाफ दिनुपर्ने हुन्छ ।

यसरी Viber Community जोडिएपछि त्यहाँ प्रश्नको लासोधिएका प्रश्नहरू मध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरू विजेता बन्न सक्नुहुनेछ र जति धेरै सही जवाफ दिनुहुन्छ त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुने समेत व्यवस्था गरिएको छ । बैंकले उक्त योजनाको समयावधि समाप्त भएको १ हप्तामा विजेता घोषणा गर्नेछ भने बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरेको छ । यस योजनामा सहभागी भई सही जवाफ दिनुहुने एक जनालाई Reecharger को तर्फबाट बम्पर पुरस्कारस्वरुप आकर्षक स्मार्टफोन प्रदान गरिनेछ । त्यसैगरी PALSONIC को तर्फबाट ३२ इन्चको पालसोनिक टेलिभिजन, BrotherHood Enterprises को तर्फबाट भ्याकुम क्लिनर, Electron को तर्फबाट इलेक्ट्रोनिक ओभन टोस्टर तथा ग्रील र YASUDA को तर्फबाट इलेक्ट्रोनिक राइस कुक्कर १–१ जनालाई प्रदान गरिनेछ । साथै सम्पूर्ण प्रश्नहरूको सही जवाफ दिनुहुने ५ भाग्यशालीलाई CG को तर्फबाट आकर्षक उपहार र सान्त्वना पुरस्कारस्वरुप प्रत्येक प्रश्नमा ४ जनालाई रू. ५०० बराबरको मोबाई रिचार्ज सुविधा प्रदान गरिनेछ । साथै Viber Community मा यस बाहेक बैंकका पछिल्ला योजना, छुट तथा सूचना जस्ता आकर्षक गतिविधिको बारेमा पनि जानकारी प्राप्त गर्न सकिन्छ ।

भाइबर क्विजका विजेताका लागि पुरस्कारहरुः
१. बम्पर पुरस्कार Reecharger को तर्फबाट SAMSUNG को आकर्षक स्मार्टफोन १ जनालाई ।
२. PALSONIC को तर्फबाट ३२ इन्चको TV १ जनालाई ।
३.BrotherHood Enterprises को तर्फबाट भ्याकुम क्लिनर १ जनलाई ।
४. ELECTRON को तर्फबाट इलेक्ट्रोनिक ओभन टोस्टर र ग्रील १ जनलाई ।
५. YASUDA को तर्फबाट इलेक्ट्रोनिक राइस कुकर १ जनलाई ।
६. सबै प्रश्नको सहि जवाफ दिने ५ जना भाग्यशाली सहभागीलाई LG को तर्फबाट आकर्षक उपहार ।
७. सान्त्वना पुरस्कार रु ५०० बराबरको मोबाइल रिचार्ज, हरेक प्रश्नमा ४ जनलाई ।

NIC ASIA Quiz का सर्तहरुः
१. यस योजना २०७७ भाद्र २५ देखि आश्विन १५ सम्म लागु हुनेछ ।
२. यस योजना सुरु भएदेखि योजनाको अन्तसम्म हरेक दुई दिनको अन्तरालमा प्रश्न सोधिने छ ।
३. यस योजना भरिमा सोधिएका प्रश्नहरु मध्य कुनै एक प्रश्नको सहि जवाफ दिनुभएमा पनि भाग्यसाली चिट्टामा समावेश गरिनेछ ।
४. विजेता बन्नको लागि सहभागिले एन आई सी एशिया बैंकको Viber Community अनिवार्य रुपमा जोइन गरेको हुनुपर्दछ ।
५. सहभागिहरुबाट सहि उत्तर दिने मध्य गोलाप्रथा बाट विजेता छनौट गरिने छ ।
६. योजना समापन भएको १० दिनमा विजेता घोषणा गरिने छ ।
७. विजेताले पाएको पुरस्कार अन्य व्यक्तिमा हस्तान्तरण हुनेछैन ।
८. विजेताहरुले आफ्नो रोजाइको आधारमा पुरस्कार माग गर्न पाउनुहुने छैन । पुरस्कारको सट्टामा पूर्ण वा आंशिक रुपमा अन्य कुनै पनि वैकल्पिक पुरस्कार राखिएको छैन ।
९. नेपालमा बस्ने नेपाली नागरिकहरुमात्रै यस योजनामा सहभागिता जनाउन सक्नुहुनेछ । एन आई सी एशिया बैंकका पुराना यस्ता योजनाहरुमा अवान्छिनिय गतिविधि गरेका व्यक्तिहरुलाई यस योजनामा सहभागी गरिने छैन ।
१०. एन आई सी एशिया बैंकले विजेता घोषणा गर्दा सहभागिहरुको फोटो प्रयोग गर्ने छ ।
११. यस योजनामा वा विजेता छनौटमा कुनै पनि विवाद उत्पन्न भएमा अन्तिम निर्णयको अधिकार एन आई सी एशिया बैंकसँग नै हुनेछ, र त्यसको स्पष्टिकरण दिनुपर्ने छैन ।
१२. विजेता घोषणा गरेको ७ कार्य दिन भित्र विजेताले पुरस्कारको लागि बैंकमा सम्पर्क गर्नुपर्ने छ अन्यथा पुरस्कारमा एन आई सी एशिया बैंकको नै हुनेछ ।
१३. एन आई सी एशिया बैंकमा कार्यरत कर्मचारीहरुले भने यस योजनामा सहभागिता जनाई विजेता बन्न अयोग्य मानिनेछ ।

Share in